काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ हजार ९३ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ६१ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १३ लाख १३ हजार ७ सय ७९ परीक्षण गरिएको छ ।
सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ८ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ९६ हजार ६ सय ९ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.