सार्क राष्ट्रमा कोभिड-१९ संक्रमणको यस्तो छ स्थिती, कुन देशमा कति छ संक्रमण ?

काठमाडौं । विश्वमा कोरोना महामारी फैलिए सँगै सार्क राष्ट्रमा पनि यसको असर परेको छ । अफगानिस्तनामा कुल संक्रमित मध्य ८३.२ प्रतिशत निको भएका छन् । १३.१ सक्रिय केस छ भने ३.७ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

बंगलादेशमा कुल संक्रमितको १.५ प्रतिशत संक्रमितको मृत्यु भएको छ । ७७.४ प्रतिशत निको भएका छन् भने २१.१ सक्रिय संक्रमित छन् । भुटानमा ९३.२ संक्रमित निको भएका छन् भने ६.८ सक्रिय संक्रमित छन् । भुटामा कोरोना संक्रमणबाट मृत्यु हुनेका को दर शुन्य छ ।

भारतमा कुल संक्रमित मध्य १.५ प्रतिशतको मृत्यु भएको छ भने ८६.४ प्रतिशत निको भएका छन् । १२.१ प्रतिशत सक्रिय संक्रमित छन् । माल्दिभ्समा ८९.४ प्रतिशत संक्रमित निको भएका छन् भने ०.३ प्रतिशतको मृत्यु भएको र १०.३ प्रतिशत सक्रिय संक्रमित छन् ।
नेपालमा ०.६ प्रतिशत संक्रमितको मृत्यु भएको छ भने ६८.३ प्रतिशत सन्चो भएका छन् । सक्रिय संक्रमितको प्रतिशत ३१.१ छ ।

पाकिस्तानमा कुल संक्रमितको २.१ प्रतिशतको मृत्यु भएको छ भने ९५.३ प्रतिशत निको भएका छन् । सक्रिय संक्रमित २.७ प्रतिशत छन् । श्रीलंकामा ०.३ प्रतिशत संक्रमितको मृत्यु भएको छ भने ६९.६ प्रतिशत निको भएका छन् । संक्रिय संक्रकित ३०.१ प्रतिशत छन् ।

lcci
You might also like

Comments are closed.