काठमाडौं । विश्वभर कोरोना संक्रमण बढ्ने क्रम जारी छ । अमेरिकामा सबैभन्दा धेरै संक्रमित छन् भने र भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा छन् ।
विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६४ लाख ३ हजार ७ सय ५ पुगेको छ । यस मध्य २ करोड ७४ लाख १९ हजार ९६ निको भएका छन् भने १० लाख ६० हजार ६ सय जनाको मृत्यु भएको छ ।
अमेरिकामा सवैभन्दा धेरै संक्रमित भएका छन् । अमेरिकामा ७७ लाख ७६ हजार २ सय २४ जना संक्रमित भएकोमा २ लाख १६ हजार ७ सय ८४ जनाको मृत्यु भएको छ ।
दोस्रो स्थानमा भारत रहेको छ । भारतमा कुल संक्रमित ६८ लाख ३५ हजार ६ सय ५५ छन् भने १ लाख ५ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ ।
ब्राजिल तेस्रो स्थानमा रहेको छ । ब्राजिलमा कुल संक्रमित ५० लाख २ हजार ३ सय ५७ रहेका छन् । १ लाख ४८ हजार ३ सय ४ जनाको मृत्यु भएको छ ।
Comments are closed.