२४ घण्टामा कतिले जिते कोरोना ?

काठमाडौं । नेपालमा थप सात हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको सङ्ख्या पाँच लाख १३ हजार २४१ पुगेको छ ।

थप १८ हजार ९६५ जनाको पिसिआर परीक्षण तथा ९३१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट सात हजार ५९८ तथा एन्टिजेनबाट ३१६ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २९ लाख १६ हजार ४६८ जना पुगेको छ । हाल ८७३सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म तीन लाख ९१ हजार ३४८ जना कोरोनामुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर सात हजार ६६४ संक्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७६ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो समय दुई हजार ८२१ संक्रमित थपिएका छन् । काठमाडौंमा एक हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८७९ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ५८ हजार १७ संक्रमित निको भएका छन् भने एक हजार ४२९७ संक्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल ६ हजार ८४५ सक्रिय संक्रमित छन् । हालसम्म २३ हजार ४५५ संक्रमित निको भएका छन् भने कोरोनाबाट ३७७ संक्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुरमा चार हजार ८०१ सक्रिय संक्रमित छन् । निको हुनेको सङ्ख्या १३ हजार २७८ रहेको छ भने २७९ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट थप १९३ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेको मन्त्रालयले जनाएको छ । शनिबार कोरोनाबाट १२९ सङ्क्रमितको मृत्यु भएको थियो ।

You might also like

Comments are closed.