थप ६ हजार ४९१ संक्रमित संक्रमणमुक्त

काठमाडौं । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायका अनुसार अझै पनि कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी नै छ ।

पछिल्ला साता लगातार सङ्क्रमणमा कमी आएको भएपनि कोरोनाबाट हुने मृत्यु उल्लेख्य घट्न सकेको छैन । मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा कोरोनाबाट ११४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट सात हजार ३८६ को ज्यान गएको छ ।

सङ्क्रमण दरमा केही कमी देखिएको भएपनि अधिकांश संक्रमित होम आइसोलेनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको चिकित्सकहरु बताउँछन् ।

आज १५ हजार ५५ पिसिआर र दुई हजार ४२५ एन्टीजेन गरी कुल १७ हजार ४८० नमूना परीक्षण गर्दा ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म ५ लाख ६१ हजार ३०२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये चार लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको दर ७९.७ प्रतिशत रहेको छ । १ लाख ६ हजार ४७० संक्रमित आइसोलेनसमा छन् । आज ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।

You might also like

Comments are closed.