काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार नौ हजार ७८३ पीसीआर परीक्षणमा दुई हजार ४६७ र चार हजार ८७८ एन्टिजेन परीक्षणमा एक हजार १४५ जना गरी कूल तीन हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ६० हजार ५२४ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५२ हजार २६१ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९४ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा २७ हजार ८२० जना होम आइसोलेसन, तीन हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसैगरी ६८६ जना आइसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय संक्रमितको सङ्ख्या २९ हजार ४४४ जना छन् ।
थप २७ को मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ८३४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ५ सय भन्दा धेरै संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी ५५६, कास्कीमा ३३३, ललितपुरमा १८७, भक्तपुरमा ७६ र सुनसरीमा १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Comments are closed.