थप २ हजार ६२४ जनामा संक्रमण पुष्टि

काठमाडौं । वितेका २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १३ हजार ५७३ परीक्षणमा सो संक्रमण पुष्टि भएको हो ।

हालसम्म गरिएको पिसीआर परीक्षणमा संक्रमितको सङ्ख्या सात लाख ३० हजार ४७९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या ६४ हजार ६११ रहेको छ । आज एक हजार ३३० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ८० हजार ८१५ संक्रमण मुक्त भएका छन् ।

हाल ३६ हजार दुई जना होम आइसोलेशन, दुई हजार ४०३ जना संस्थागत आइसोलेशन छन् । त्यसैगरी ७६० जना आइसियू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय संक्रमितको सङ्ख्या ३९ हजार ४०५ जना छ ।

MANASLU

थप २० को मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २५९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २० जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

उपत्यकामा ७९५ संक्रमित थपिए

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै काठमाडौँमा ५३५, ललितपुरमा १६४, भक्तपुरमा ९६ मा संक्रमण पुष्टि भएको छ ।

You might also like

Comments are closed.