पछिल्लो २४ घण्टामा २३४० कोरोना संक्रमित डिस्चार्ज, १५५१ जनामा संक्रमण

काठमाडौं ।

नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४७ पिसिआर परिक्षण गरिएको छ  । सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेकोे छ ।

नेपालमा पछिल्लो २४ घण्टामा संक्रमित २ अजार ३ सय ४० संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ६७ हजार ५ सय ४२ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.