क्रिकेट रंगशालाका लागि डेढ करोड

 

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले रु एक करोड ५० लाख प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक आज हस्तान्तरण गरिन् ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित ४ करोड रुपैयाँ मध्ये पहिलो चरणमा रु ५० लाख र दोस्रो चरणमा एक करोड ५० लाख रुपैयाँ प्रदान गरेको हो । महानगर प्रमुख दाहालले रंगशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजितमध्येको रकम थप्दै लगिने जानकारी दिइन् ।

jutta mela

फाउण्डेशनका अध्यक्ष धुर्मुसले रकम ग्रहण गर्दै अन्य रकमका बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरिन् । रङ्गशाला भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण भइरहेको छ ।

You might also like

Comments are closed.