नेपाली युवाको ड्रिम बाइक “क्रसफायर एचजे २५०” दुई सातामै सोल्ड आउट, बुकिङ खुल्ने

काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध क्रसफायरको नयाँ बाइक एचजे २५० दुई सातामै बिक्री भएको छ ।

गत चैत महिनामा बुकिङ खोलेर हालै बिक्रीका लागि उपलब्ध सबै युनिट दुई सातामै बिक्री भएको नेपालमा क्रसफायर बाइकको वितरक क्लासिक ह्विल्स एक्सपोर्ट इम्पोर्टले बताएको छ ।

क्लासिक ह्विलले डर्ट र मोटार्ड सिरिजको सो बाइक बिक्रीका लागि उपलब्ध गराएको थियो ।

लामो समय सम्म प्रयोग गर्न सकिने गरी यसमा आल्मुनियम फ्रेमको प्रयोग गरिएको छ । टप इन्ड पर्फमेन्सको लागि यसको स्पोकेटको साइजलाई घटाइएको छ । यसले गर्दा इन्जिनको आयु बढाउन भूमिका खेल्छ भने राम्रो माइलेजका लागि इन्धन प्रसारण राम्रो बनाउनका लागि रिफाइन्ड कार्बुरेटरको प्रयोग गरिएको छ । विश्वमै राम्रो मानिने कोहिनको कार्बुरेटर फ्युलिङ सिष्टम यसमा प्रयोग गरिएको छ ।

कम्पनीले निकै नै भरपर्दो र शक्तिशाली बाइकको रुपमा यसलाई परिभाषित गरेको छ । यसमा प्रयोग गरिएको लिक्विड कुलिङ सिष्टमलाई अझै भरपर्दो बनाउनका लागि सर्कुलेटिङ कभरसहितको डबल रेटिएटर प्रयोग गरिएको छ । यसलाई अझै सहयोग गर्नका लागि फ्यान समेत उपलब्ध छ । कुलेन्टलाई राम्रोसँग प्रयोगमा ल्याउनका लागि ओभरफ्लो कुलेन्ट रिजरभ्वायर समेत उपलब्ध छ ।

सो बाइकको ग्राउन्ड क्लियरेन्स ३ सय ३० एमएम छ । यसले गर्दा यो पहाडी सडकमा चलाउन निकै नै सहज हुन्छ । यसको ह्विलबेस १ हजार ५ सय एमएम छ । यसको ड्राई वेट १ सय ९ किलोग्राम मात्र छ ।

क्रसफायर एचजे २५० बाइकको मूल्य ६ लाख १० हजार रुपैयाँ तोकिएको छ ।

नेपाली अटो बजारमा क्रसफायर र डर्ट बाइक एक अर्काका परिपुरक जस्तै बनेका छन् । डर्ट बाइकको नाम लिने वित्तिकै क्रसफायरको नाम अग्रपंक्तिमा आउने गर्छ । अफरोड राइिडिङमा रमाउने राइडरहरुको विश्वास जित्न सफल क्रसफायर धेरै नेपाली युवाहरुको ड्रिम बाइक समेत हो ।

बढ्दो लोकप्रियताका कारण पछिल्लो समय अटो बजारमा डर्ट बाइक र क्रसफायर एकआपसमा पर्यायबाची शब्दजस्तै बनेका छन् । डर्ट अर्थात अफरोड बाइकको नाम लिने वित्तिकै धेरैको मुखबाट क्रसफायरको नाम उच्चारण हुनुले पनि यसको बढ्दो लोकप्रियतालाई थप पुष्टि गर्छ । आकर्षक डिजाइन, स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र मनै लोभ्याउने ग्राफिक्सका कारण क्रसफायर धेरै युवा राइडरको मनमुटुमा वस्न सफल भएको छ ।

You might also like

Comments are closed.