काठमाडौं । Crossfire नेपालमा आफ्नै ब्रान्ड पहिचानअन्तर्गत Crossfire EV सेग्मेन्ट सुरु गर्दै विद्युतीय दुईपाङ्ग्रे सवारी बजारमा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ।
यससँगै, परम्परागत रूपमा परफर्मेन्स र एड्भेन्चर मोटरसाइकलका लागि परिचित Crossfire ले अब आफ्नै ब्रान्ड आइडेन्टिटी, प्रोडक्ट फिलोसोफी र प्रविधिसहित विद्युतीय मोबिलिटी क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्न लागेको हो।
नेपालमा Crossfire को आधिकारिक वितरक Classic Wheels Export & Import Pvt. Ltd. ले सन् 2023 मा GAROW ब्रान्डमार्फत विद्युतीय मोबिलिटी क्षेत्रमा प्रवेश गरिसकेको थियो। GAROW मार्फत कम्पनीले नेपाली EV बजार, ग्राहकको अपेक्षा, रेन्जको आवश्यकता, चार्जिङ व्यवहार, दैनिक प्रयोग तथा बिक्रीपछिको सेवासम्बन्धी महत्वपूर्ण अनुभव हासिल गरेको छ।
उक्त अनुभवलाई आधार बनाउँदै कम्पनीले अब अर्को चरणका रूपमा Crossfire EV नाममा आफ्नै समर्पित विद्युतीय मोबिलिटी सेग्मेन्ट अघि बढाउन लागेको हो।
Crossfire EV अन्तर्गत पहिलो उत्पादनका रूपमा कम्पनीले एकपटकको चार्जमा दाबीअनुसार 250 किलोमिटरसम्म रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ।
नेपालमा लामो रेन्ज भएका इलेक्ट्रिक स्कुटरहरू पहिले नै उपलब्ध रहेकाले Crossfire EV ले रेन्जलाई मात्र आफ्नो मुख्य विशेषता बनाउनेछैन। नयाँ स्कुटरलाई रेन्ज, परफर्मेन्स, डिजाइन, प्रविधि, दैनिक प्रयोगको सहजता र स्वामित्वप्रतिको विश्वासबीच सन्तुलन कायम गर्ने गरी प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।
नयाँ Crossfire EV विशेष गरी दैनिक आवागमनसँगै लामो दूरीको यात्रा गर्ने ग्राहकलाई लक्षित गरी विकास गरिएको हो। यसको 250 किलोमिटरसम्मको दाबी गरिएको रेन्जले बारम्बार चार्ज गर्नुपर्ने आवश्यकता कम गर्दै प्रयोगकर्तालाई थप स्वतन्त्रता र सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।
Crossfire EV को सुरुवातसँगै कम्पनीले नेपालमा तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय मोबिलिटी बजारमा अझ स्पष्ट र दीर्घकालीन उपस्थिति निर्माण गर्ने लक्ष्य लिएको छ।
नयाँ मोडलको मोटर क्षमता, ब्याट्री, चार्जिङ समय, टप स्पिड, प्रविधि, सुरक्षा फिचर, वारेन्टी, मूल्य तथा बुकिङ विवरण औपचारिक सार्वजनिक कार्यक्रममा घोषणा गर्ने बताइएको छ ।





Comments are closed.