आन्तरिक पर्यटकलाई लक्षित गरी ‘होटल क्राउन हिमालयज’को ‘थ्रिआर स्पेसल रिट्रिट’ प्याकेज

पोखरा । पोखराको होटल क्राउन हिमालयजले आन्तरिक पर्यटकलाई लक्षित गरी विशेष प्याकेज सार्वजनिक गरेको छ । ‘यो दसैं पोखरामा’ अभियानका साथ होटलले ‘थ्रिआर (रियुनिट, रिज्युभिनेट एण्ड रिल्याक्स) स्पेसल रिट्रिट’ प्याकेज सार्वजनिक गरेको सञ्चालक आग्रह अर्यालले जानकारी दिए ।

२ जना पर्यटकले ३ दिनको लागि १५ हजार रुपैयाँ तिरेपछि यो प्याकेज प्राप्त गर्न सक्नेछन् । ‘प्याकेजमा आउने पर्यटकलाई ३ दिन पछाडि चौथो रातलाई निःशुल्क गर्दैछौं,’ अर्यालले भने, ‘विषम परिस्थितिलाई मध्यनजर गरी विशेष प्याकेज ल्याएका हौं ।’ प्याकेज नोभेम्बर १५ सम्म लागु हुनेछ ।

प्याकेजभित्र रुम, ब्रेकफास्ट, एउटा लन्च, एउटा बारविक्यु डिनर, सराङकोट र स्तुपा यात्रा, एयरपोर्ट अथवा बसपार्कसम्म पिक एण्ड ड्रपको सुविधा समावेश गरिएको छ । फुड र बेबरेजमा १० प्रतिशत छुट र स्पामा १५ प्रतिशत छुटको सुविधा पर्यटकले पाहुनेछन् ।

पोखराको लेकसाइड गौरीघाटस्थित स्ट्रिट नम्बर ६ मा रहेको होटल क्राउन हिमालयजमा सिङ्गल, डबल, ट्रिपल, स्ट्यान्डर्ड तथा डिलक्स गरी ३८ वटा रुम छन् ।

lcci
You might also like

Comments are closed.