गण्डकी क्रसर उद्योग व्यवसायी संघमा पुनः त्रिपाठी

 

पोखरा । गण्डकी क्रसर उद्योग व्यवसायी संघको अध्यक्षमा सुरेन्द्र त्रिपाठी पुनः निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष बाबुराम सुनार, सचिवमा छत्रधर आत्रय र कोषाध्यक्षमा शेरबहादुर गुरुङ निर्वाचित भए । सदस्यहरुमा वसन्त श्रेष्ठ, निर्मलजंग घले, राम सुवेदी निर्वाचित भएका छन् । २ जना सदस्य पछि मनोनित हुने अध्यक्ष त्रिपाठीले जानकारी दिए ।

समिति अन्तर्गत १७ वटा उद्योग छन् । सम्पूर्ण व्यवसायीलाई समेटेर संस्थाको नेतृत्व प्रदान गर्ने अध्यक्ष त्रिपाठीले प्रतिबद्धता गरेका छन् । संस्थाका संस्थापक अध्यक्ष ईन्द्र गौचनको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

You might also like

Comments are closed.