ड्रिम इन्टरनेशनल एजुकेसन सर्भिसेस र क्रिप्टोजेन नेपालबीच सम्झौता

काठमाडौं । ड्रिम इन्टरनेशनल एजुकेसन सर्भिसेस र क्रिप्टोजेन नेपालबीच सेक्युरिटी अडिटकालागि सम्झौता भएको छ । क्रिप्टोजेन नेपालका सिटिओ निर्मल दाहाल र ड्रिम इन्टरनेशनल एजुकेसन सर्भिसेसका म्यानेजिङ डाइरेक्टर संगिता पन्तले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

एजुकेसनल सर्भिस सेन्टरमा धेरै विद्यार्थीहरुको डाटा रहने र सुरक्षित तथा गोप्य राख्नु सेन्टरको दायित्व रहेको म्यानेजिङ डाइरेक्टर पन्तले बताइन् । ड्रिम इन्टरनेशनल एजुकेसन सर्भिसेसले विगत ८ वर्षदेखि निरन्तर विद्यार्थीलाई सेवा र परामर्श प्रदान गरिरहेको छ ।

क्रिप्टोजेन नेपाल विगत ४ वर्षदेखि साइवर सेक्युरिटी डोमेनमा सेवा प्रदा गर्दे आइरहेको सेक्युरिटी कम्पनी हो । ड्रिम इन्टरनेशनल एजुकेसन सर्भिसेससँगको सहकार्य नयाँ अनुभव रहने सिटिओ निर्मल दाहालले बताए । नेपालमा साइवर सेक्युरिटीको क्षेत्र जोखिपुर्ण रहेकोले सवै सचेत रहनुपर्ने उनको भनाई छ ।

jutta mela

बैंक इन्स्योरेन्स, फाइनान्स र कर्पोरेट क्षेत्रमा मात्र सेवा प्रदान गरिरहेको क्रिप्टोजेन नेपालको कन्सल्टेन्सी क्षेत्रमा ड्रिम इन्टरनेशनल एजुकेसन सर्भिसेस पहिलो हो ।

tojen

You might also like

Comments are closed.