प्रधानमन्त्री राहत कोषमा ड्याडिज् किचनद्वारा १ लाख ११ रुपैयाँ हजार सहयोग

पोखरा । नेपालको ठूलो चेन रेष्टुरेन्टका रूपमा विस्तार भइरहेको ड्याडिज् किचनले प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।

भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको ड्याडिज् किचनले जनाएको छ ।

पोखरामा मात्रै चार स्थानमा सञ्चालनमा रहेको ड्याडिज् किचनले लुम्बिनी, गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा समेत सेवा विस्तार गरेको छ। हाल ड्याडिज् किचनका देशभर २८ वटा आउटलेट सञ्चालनमा छन् ।

 

You might also like

Comments are closed.