झापा । विश्व दुग्ध दिवसको अवसरमा मूल समारोह समितिको मूख्य कार्यक्रम राजधानी केन्द्रित हुने गरेकोमा यस पटक कोशी प्रदेशको झापामा हुँदैछ । पूर्वमा कार्यक्रम आयोजना हुँदा यहाँको डेरी क्षेत्रले सक्रिय सहभागिता जनाउँदैछ । कार्यक्रम सफल बनाउन यहाँको डेरी क्षेत्रले उत्साहका साथ सहभागिता जनाउने प्रतिबद्धतासमेत जनाएको छ । ४ वर्ष अगाडि पनि झापामा केन्द्रीय स्तरको कार्यक्रम भएको थियो ।
विश्व दूध दिवसको अवसरमा पूर्वमा दूग्ध क्षेत्रका विभिन्न संघसंस्था तथा यहाँका उद्योगी व्यवसायीहरुको सहभागितामा वर्षेनी विविध कार्यक्रमहरु हुँदै आइरहेका थिए । दूधको समग्र विकास र प्रवद्र्धन अभियानमा आफूहरु पूर्वमा सक्रियताका साथ लागिरहेको बताउँछन् नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनाल । ‘यस पटक केन्द्रीय कार्यक्रम समेत झापा हुँदा हामीले सबैलाई स्वागत गर्ने असवर पाएका छौं,’ उनले भने । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहको समेत सहभागितामा कार्यक्रम हुने र सम्पूर्ण तयारीमा आफूहरु जुटेको उनले जानकारी दिए ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले एनएमसी सहकारी अन्तर्गत सञ्चालित एनएमसी एग्रो र्फाममा दूध दिवसको मुख्य कार्यक्रम आयोजना गर्न पाउँदा गौरव महसुस भएको बताए । ‘नेपालमा मनाइने राष्ट्रिय कार्यक्रम झापाको एनएमसी एग्रो फार्ममा गर्न पाउनु र हामीले स्थानीय व्यवस्थापनको जिम्मेवारी प्राप्त गरेकोमा एनएमसी परिवार खुसी व्यक्त गर्दछौं,’ उनले भने । देशभरका पाहुनालाई एनएमसीमा स्वागत गर्न आफूहरु आतुर रहेको उनले बताए । ‘सहकारी मार्फत कृषि तथा डेरी क्षेत्रमा भएका राम्रा कामको उदाहरण प्रस्तुत गर्न पनि हामी सफल हुनेछौं,’ उनले भने ।
कार्यक्रममा पूर्वका दुग्ध व्यवसायी, किसान लगायत सबैको सहभागिता रहने नेपाल डेरी एसोसिएसन कोशीका अध्यक्ष गंगाबहादुर खड्काले जानकारी दिए । ‘एक हजार भन्दा बढी डेरी उद्योगी, व्यवसायी, किसान लगायतको उत्साहजक उपस्थितिमा कार्यक्रम हुनेछ,’ उनले भने ।
गोरस डेरी प्रालिका सञ्चालक विष्णु बोहोराले विश्व दूध दिवसको अवसरमा पूर्व क्षेत्रमा मुख्य कार्यक्रम आयोजना हुनु गौरवको विषय भएको बताए । ‘डेरी क्षेत्रको समग्र विकासमा यो कार्यक्रमले योगदान गर्नेछ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने । पूर्वमा डेरी क्षेत्रमा आकर्षण बढिरहेको र दूध उत्पादन पनि धेरै भएकाले यो क्षेत्रको विकास तथा प्रवद्र्धनमा सरकारले जोड दिनुपर्ने उनको भनाइ छ । ‘कोशीमा दूध उत्पादनमा वृद्धि हुँदै गएकाले कृषिलाई उद्योगमा जोड्दै निर्याततर्फ जानुपर्ने देखिन्छ,’ उनले भने ।
हेमचन्द्र खनाल, महासचिव, नेपाल डेरी एसोसिएसन : विश्व दूध दिवसको अवसरमा पूर्वमा दूग्ध क्षेत्रका विभिन्न संघसंस्था तथा यहाँका उद्योगी व्यवसायीहरुको सहभागितामा वर्षेनी विविध कार्यक्रमहरु हुँदै आइरहेका छन् । ४ वर्ष पहिला पनि केन्द्रीय स्तरको कार्यक्रम यहाँ भएको थियो । यसपटक केन्द्रीय स्तरको कार्यक्रम पुनः झापामा गर्न पाउँदा हामी हर्षित छौं ।
लक्ष्मीप्रसाद उप्रेती, प्रमुख कार्यकारी अधिकृत, नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) : एनएमसी सहकारी अन्तर्गत सञ्चालित एनएमसी एग्रो र्फाममा दूध दिवसको मुख्य कार्यक्रम आयोजना गर्न पाउँदा गौरव महसुस भएको छ । नेपालमा मनाइने राष्ट्रिय कार्यक्रम झापाको एनएमसी एग्रो फार्ममा गर्न पाउनु र हामीले स्थानीय व्यवस्थापनको जिम्मेवारी प्राप्त गरेकोमा एनएमसी परिवार खुसी व्यक्त गर्दछौं । देशभरका पाहुनालाई एनएमसीमा स्वागत गर्न आतुर छौं ।
गंगाबहादुर खड्का, अध्यक्ष, नेपाल डेरी एसोसिएसन कोशी प्रदेश : कार्यक्रममा पूर्वका दुग्ध व्यवसायी, किसान लगायत सबैको सहभागिता रहनेछ । एक हजार भन्दा बढी डेरी उद्योगी, व्यवसायी, किसान लगायतको उत्साहजक उपस्थितिमा कार्यक्रम हुनेछ । दूध तथा दुग्ध क्षेत्रका विकास र प्रवद्र्धन हाम्रो मुख्य अभियान हो । यो अभियानमा कार्यक्रम थप योगदान गर्नेछ ।
विष्णु बोहोरा, सञ्चालक, गोरस डेरी प्रालि : विश्व दूध दिवसको अवसरमा पूर्व क्षेत्रमा मुख्य कार्यक्रम आयोजना हुनु गौरवको विषय हो । डेरी क्षेत्रको समग्र विकासमा यो कार्यक्रमले योगदान गर्नेछ भन्नेमा हामी विश्वस्त छौं । पूर्वमा डेरी क्षेत्रमा आकर्षण बढिरहेको र दूध उत्पादन पनि धेरै भएकाले यो क्षेत्रको विकास तथा प्रवद्र्धनमा सरकारले जोड दिनुपर्नेछ । कोशीमा दूध उत्पादनमा वृद्धि हुँदै गएकाले कृषिलाई उद्योगमा जोड्दै निर्याततर्फ जानुपर्ने देखिन्छ ।
Comments are closed.