राष्ट्रिय दुग्ध विकास बोर्ड र डेरी एसोसिएसनको सहकार्यमा जोड

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा पुनः दोस्रो कार्यकालका लागि डा. राजेन्द्र यादव नियुक्त भएका छन् । नवनियुक्त कार्यकारी निर्देशक यादवले कार्यभार समेत सम्मालिसकेका छन् ।

यसैक्रममा नवनियुक्त कार्यकारी निर्देशक यादवलाई नेपाल डेरी एसोसिएसनले बधाई तथा शुभकामना ज्ञापन गरेको छ । एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, पूर्व अध्यक्ष सुमित केडिया लगायत पदाधिकारी तथा सदस्यहरुको टोलीले यादवलाई बधाई ज्ञापन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बोर्डका हरेक गतिविधिमा सहकार्य जनाउने र दूध तथा दुग्ध पदार्थको प्रवद्र्धन र विकासमा सक्रिय बताउँदै यादवको सफल कार्यकालको कामना गरे ।

कार्यकारी निर्देशक यादवले दुग्ध क्षेत्रको समग्र विकासमा डेरी एसोसिएसन लगायत सरोकारवाला निकायहरुसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

You might also like

Comments are closed.