साउन १५ गते ‘खिर खाने कार्यक्रम’

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजना एवं अप्टिमेस्टिक इन्टरनेशनलको सहआयोजनामा खिर खाने कार्यक्रम सम्पन्न भएको छ । साउन १५ गते खिर खाने दिनको अवसरमा एसोसिएसनले कार्यक्रम आयोजना गरेको हो ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको विशेष उपस्थितिमा शंखमुल स्थित नेपाल डेरी एसोसिएसनको कार्यालयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले दूध तथा दुग्ध पदार्थको प्रवर्द्धनमा एसोसिएसनको योगदान महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले दुग्ध क्षेत्रको प्रवर्द्धनमा एसोसिएसन निरन्तर सक्रिय रहेको र दूध तथा दुग्ध पदार्थको प्रयोग बढाउने अभियानमा आफूहरु सफल रहेको बताए ।

कार्यक्रममा विशेष अतिथि अप्टिमेस्टिक इन्टरनेशनल्का गभर्नर प्रकाश घिमिरे, उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति डि.वि बस्नेत, केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, एन. प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डब हमाल, महासचिव पारस दाहाल, प्रबोधप्रभाकर रिजाल, नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न बस्तुगतका प्रतिनिधि एवं कार्य समिति सदस्यहरु लिलेन्द्र प्रसाद प्रधान, नानीराज घिमिरे, नरेश लाल श्रेष्ठ, पशुपति देव पाण्डे, रविन पुरी, राजकुमार कार्की, शिवप्रसाद घिमिरे, चन्द्र थापा, इन्द्र महर्जन, मन्जु श्रेष्ठ, रमेश संग्रौला लगायत नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।

कार्यक्रममा एसोसिएसनका संस्थापकहरु, सल्लाहकारज्यूहरु, निर्यात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष गोविन्द घिमिरे, पशुपालन तथा मत्स्य सहकारी संघका बाबुराम अधिकारी, डेरी साईन्स एसोसिएसनका शिवराम सिंह, रैथाने एग्रो प्रा.लि.का प्रतिनिधि, कृषि पत्रकारहरु, अप्टिमिस्ट डेरी आन्ट्रोपेनर क्लबका पदाधिकारीहरु, अप्टिमिस्ट इन्टरनेशनल्का महासचिव प्रताप थापा, एलजि ऋशेश्वर थपलिया लगायतको दुग्ध व्यवसायीहरुको समेत उपस्थिति रहेको एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले जानकारी दिए ।

साउन १५ गते खिर खाने दिनमा देशैभरीबाट करिव ९० लाख लिटर दूध खपतबाट ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको बताइएको छ ।

lcci
You might also like

Comments are closed.