नेपाल डेरी एसोसिएसन बागमती प्रदेशमा टीका र काठमाडौं जिल्लामा जयराम

काठमाडौं । नेपाल डेरी एसोसिएसन बाग्मती प्रदेशको अध्यक्षमा पुनः टिकाप्रसाद घिमिरे निर्वाचित भएका छन् । बिहीबार सम्पन्न छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ध्रुब तिवारी, गोपाल तिमिल्सिना, सचिवमा श्याम घिमिरे, कोषाध्यक्षमा दिपक सन्जेल, सहसचिवमा टेक तिमिल्सिना, सहकोषाध्यक्षमा राजकुमार वाइबा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा भानु श्रेष्ठ, ज्ञान रत्न तामाङ, अजित बजगाई, भुवन थापा निर्वाचित भएका छन् ।

त्यसैगरी नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला कार्यसमितितर्फ पनि सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । काठमाडौं जिल्ला समिति अध्यक्षमा जयराम घिमिरे, उपाध्यक्षमा लिलानाथ दाहाल, सचिवमा देवराज बजगाईं, सहचिवमा केदार दाहाल (चेतनाथ) र कोषाध्यक्षमा प्रकाश काराखेती निर्वाचित भए ।

सदस्यहरुमा भीमसेन घिमिरे, कुल प्रसाद धमला, श्याम प्रसाद तिमिल्सिना र चन्द्र कुमारी के.सी (बाँस्तोला) निर्वाचित भएका छन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाल, संस्थाको संस्थापक सदस्य राजनप्रसाद दाहाल, उपाध्यक्ष दिपप्रसाद धमला, मनोज घिमिरे, केन्द्रीय सदस्यहरु शिव घिमिरे, नवराज तिमिल्सिना, रवि थापा लगायत जिल्ला र प्रदेशका पदाधिकारीहरुको उपस्थिति थियो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै डेरी उद्योग संघका अध्यक्ष राज कुमार दाहालले दूध तथा दुग्ध क्षेत्रको समग्र विकासमा सबै मिलेर काम गर्नुपर्ने बताए ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्रको सर्वपक्षीय हितमा लाग्नु नयाँ कार्यसमितिलाई सुझाव दिए ।

कार्यक्रममा एसोसिएसनको तर्फबाट प्रदेश उपाध्यक्ष गोपाल तिमल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष ध्रुव तिवारीले गरेका थिए ।

You might also like

Comments are closed.