पर्रोहा दूध डेरीलाई सम्मान

काठमाडौं । रुपन्देहीमा रहेको पर्रोहा दूध डेरी सम्मानित भएको छ । नेपाल डेरी एसोसिएसनको रजत जयन्तीको अवसरमा मझौला डेरीहरुको तर्फबाट पर्रोहा दूध डेरीले सम्मान प्राप्त गरेको हो ।

काठमाडौंमा आयोजित रजतजयन्ती विशेष कार्यक्रममा डेरीका सञ्चालक शिवलाल भुषालले सम्मानपत्र ग्रहण गरेका छन् ।

पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. रेवती रमण पौडेल, एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले उनलाई सम्मान गरेका हुन् ।

सम्मानले थप प्रेरणा मिलेको र आगामी दिनमा अझै राम्रो काम गर्न प्रोत्साहन मिलेको भुसालले बताए ।

You might also like

Comments are closed.

Secret Link