नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशद्वारा दूधको प्रवर्द्धनात्मक कार्यक्रम

बुटवल । विश्व दूध दिवस २०२४ को अवसरमा नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेश समितिको आयोजनाले दूध तथा दुग्ध पदार्थको प्रवर्द्धनात्मक विविध कार्यक्रम गरेको छ ।

यसै क्रममा देबदह मेडिकल कलेज भलुहिमा उपचारार्थ रहेका बिमारी र उनीहरुका कुरुवालाई दूध र मोही वितरण कार्यक्रम भएको छ ।

नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

एसोसिएसनले विद्यालय तथा अन्य क्षेत्रमा पनि दूध तथा दुग्ध सामग्रीहरुको प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.