लकडाउन अवधिभरको व्याज मिनाहा गर्न डेरी एसोसिएसनको माग

पोखरा । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशले डेरी व्यवसायीहरुलाई राहत दिन सरकारसँग माग गरेको छ । सरकारलाई ज्ञापन पत्र बुझाउँदै एसोसिएसनले राहत नदिए उद्योगी व्यवसायीहरु धरासाही हुने बताएको छ ।

एसोसिएसनले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव अच्युत ढकाललाई ज्ञापन पत्र बुझाएको हो । मन्त्री लेखबहादुर थापाको अनुपस्थिति रहेपछि एसोसिएसनले सचिवलाई ज्ञापन पत्र बुझाएको हो ।

कोरोनाका कारण दुग्ध क्षेत्रको असर र प्रदेश सरकारसँगको अपेक्षा लगायतका बुँदा समेटेर ज्ञापनपत्र बुझाइएको अध्यक्ष शिवहरि आचार्यले जानकारी दिए । नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र बजगाईं, गण्डकी प्रदेश अध्यक्ष शिवहरि आचार्य, सल्लाहकार सुरेशबहादुर श्रेष्ठ, जिल्ला सहकारी संघका वरिस्ठ प्रवन्धक भोजराज घिमिरे लगायतले ज्ञापनपत्र बुझाएका हुन् ।

jutta mela

ज्ञापन पत्रको पूर्ण पाठ

You might also like

Comments are closed.