काठमाडौंको ‘डल्ले मःम’ अब पोखरामा पनि

पोखरा । काठमाडौंको लोकप्रिय ‘डल्ले मःम’को शाखा पोखरामा खुलेको छ । पोखराको मानवअधिकार चोक नजिकै रहेको ‘डल्ले मःम’ को शाखा मिस नेपाल २०१९ अनुस्का श्रेष्ठले उद्घाटन गरिन् । उनले काठमाडौंको मःमले पोखरामा आएको खुसी व्यक्त गरिन् । लकडाउनका बेला अप्ठेरोमा परेकालाई सँगसँगै खाना दिने अभियानमा लाग्न पाएकोमा खुसी व्यक्त गरिन् ।

स्वादका साथै गुणस्तरलाई पनि ध्यानमा दिएर सेवा प्रदान गर्न पोखरा आएको डल्ले मःमका सञ्चालक सुवास गौचनले बताए । काठमाडौंमा ८ ठाउँ र बुटबलमा २ ठाउँबाट सेवा प्रदान नगर्दै आएको मःमको पोखरामा ११ औं शाखा हो ।

पोखरा शाखाको चेन पर्यटन व्यवसायी सुनिल भट्टराई र शेचन्द्र सिंह हमालले लिएर सञ्चालनमा ल्याएका हुन् । उनीहरुले एक वर्ष पहिले नै सञ्चालमा ल्याएका भएपनि लकडाउनका कारण रोकिएको थियो । ‘अहिले सञ्चालनमा ल्याएका छौं’ सञ्चालक सुनिल भट्टरार्ईले भने ‘अहिले सुरक्षाका साथै स्वाद पनि प्रदान गरेका छौं ।’

‘डल्ले मःम’ मा मुख्य गरेर मःमका परिकार, चाउमिन, आलुका परिकार, फ्राइ राइस र बच्चाका लागि खाजा सेट यसका विषेशता रहेको भट्टराईले बताए । हल्का मसला भएका कारण खान र पचाउन सजिलो हुने उनको भनाई छ । करिब १ सय जना अटाउने गरी आकर्षक डिजाइन गरिएको उनले जानकारी दिए ।

जन्मदिनको पार्टी, एनिभर्सिरी पार्टी लगायतका लागि ठाउँ उपयुक्त रहेको उनले बताए । भट्टराईले ७ सय रुपैयाँ भन्दा बढिको अर्डर गरेमा पोखरा भ्यालीमा फ्रि होमडेलिभरी सेवा समेत रहेको बताए । विहानी तथा साँझका लागि खानाका लागि लन्च बक्सको समेत सुविधा रहेको उनको भनाई छ ।

सन् २०११ देखि डल्ले मःम रेष्टुराँ आलोक योञ्जन र सुवास गौचनले सञ्चालनमा ल्याएका थिए । ग्राहकको स्वास्थ्यलाई र गुणस्तरयुक्त खाजा र खानालाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको कारणले डल्ले मःम सबै ग्राहकको रोजाइमा पर्न सफल भएको सञ्चालक सुवास गौचन बताउँछन् ।

कमलादीमा स्थापना शुरु भएको डल्ले मःम गल्फुटार, भाटभटेनी, नक्साल, लबिम मल, जावलाखेल, बुटलबको सुख्खा नगर र कालीका नगरमा शाखा सञ्चालनमा छन् । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोलेका उनीहरुले डल्ले खुर्सानीका अचार पनि बिक्री गर्दै आएका छन् । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोले पनि परिकार भने स्वादिष्ट रहेको उनले बताए ।

You might also like

Comments are closed.