सामानको सुरक्षाका लागि ढुवानी गाडीमा ढोका र टिनको प्रयोग गर्न पाउनुपर्ने व्यवसायीको माग

पोखरा । अधिकृत बिक्रेता संघ पोखराले सम्पूर्ण अधिकृत बिक्रेता, व्यवसायी तथा कर्मचारीलाई तत्काल कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । कोभिड महामारीको समयमा समेत खाद्यान्न लगायत अत्यावश्यक सेवाका व्यवसाय गरेका अधिकृत बिक्रेताहरुले समेत हालसम्म खोप पाउन नसकेको संघले जनाएको छ ।

संघका अध्यक्ष हरिराज पन्तसहितको टोलीले शुक्रबार गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा र पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्कालाई भेटेर टोलीले खोपको व्यवस्था गर्न माग गरेको हो । मन्त्रीद्वयले सकेसम्म छिटो व्यवसायीलाई खोप उपलब्ध गराउने प्रतिद्धता व्यक्त गरेका छन् ।

टोलीमा निबर्तमान अध्यक्ष सुरेश अधिकारी, उपाध्यक्ष होम कुमार राई, महासचिव मनोज श्रेष्ठ, उपमहासचिव रबि कुमार सापकोटा, कोषाध्यक्ष तेजेन्द्र पौडेल, सचिवालय सदस्य दिलीप कुमार श्रेष्ठ, कार्यसमिति सदस्य ज्ञानेन्द्र गौतमको उपस्थिति थियो ।

अधिकृत बिक्रेताहरुले सामान ढुवानी गर्दा साना सवारी साधनमा सामानको सुरक्षाका लागि प्रयोग गर्ने ढोका, टिनहरुको प्रयोग गर्न पाउने व्यवस्था मिलाउन मागसमेत गरेका छन् । व्यवसायीहरुले धेरैपटक दुख पाउने गरेको, ट्राफिकले कारबाही गर्ने गरेको व्यवसायीहरुको गुनासो छ ।

You might also like

Comments are closed.