दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । दरमखोला हाइड्रोपावर लिमिटेडको आइपीओ (प्राथमिक शेयर) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आज गोलाप्रथाद्वारा बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो ।

कम्पनीको आइपीओमा आवेदन दिने दुई लाख ४२ हजार ३१८ जनाले प्रत्येकी १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । तीमध्ये भाग्यमानी पाँचजनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर पाएका छन् ।

आइपीओमा कुल २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेकोमा २२ लाख ८३ हजार २२६ आवेदन मात्र मान्य भएका छन् । यस अवधिमा १३ हजार २३९ वटा आवेदन विभिन्न कारणले बदर भएका छन् ।

दरमखोला हाइड्रोपावरले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर सार्वजनिक गरेको थियो । यसअनुसार कुल २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको शेयर निष्काशन गरिएको हो ।

आइपीओको नतिजा लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सक्नेछन् ।

You might also like

Comments are closed.