दराजले गर्यो नयाँ ड्रप अफ पोइन्ट्सको घोषणा – सामान रिटर्न गर्न अब निकै सजिलो

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले ग्राहकहरुको लागी अनलाइन सपिंग अझ सुविधाजनक बनाएको छ। आईएमई पेसंग साझेदारी गरी देशका बिभिन्न भागहरुमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भको दराजल घोषणा गरेको छ । यस साझेदारीको माध्यमबाट, चयन आईएमई पे हब दराज ग्राहकहरुको लागी ड्रप अफ पोइन्ट्सको रूपमा कार्यमा आउने छ र सामान रिटर्नको लागि एक अधिक सुविधाजनक र परेशानी मुक्त उपाय प्रदान गर्नेछ । ग्राहकहरु अब केवल आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसंग फिर्ता गर्न सक्नेछन् ।

दराज जस्तै ई–वाणिज्य र आईएमई पे जस्तो फिनटेक कम्पनी बिच यस हिसाबको साझेदारी नेपालमा पहिलो पटक उत्पन्न भएको दराजले जनाएको छ। यस साझेदारीको उदेस्य भने ग्राहकहरुलाई अनलाईन डिजिटल प्लेटफर्मको प्रयोग गर्न अतिरिक्त कारणहरु पेश गर्नुको साथ साथै ई–वाणिज्य इकोसिस्टमलाई अझै माथि बढ्न मद्दत गर्नु पनि हो ।

दराजको हब बाहेक, ग्राहकहरु अब उपत्यका भित्र र बाहिर स्थित चयन आईएमई पे हबहरुमा गई आफ्नो प्याकेज फिर्ता गर्नको लागि छोड्न सक्नेछन्। त्यसैगरि बज्र सब रेमिट जोरपाटी , हेलो हाई कनेक्सन जावलाखेल, ललितपुर, सिम्पल सब मनि ट्रान्सफर – कोटेश्वर, पीबी ट्राभल्स एंड टुर्स – बुद्ध चोक, पोखरा, सामभावी ट्रेडर्स बैंक अफ काठमाडौं बिराटनगर, नीऊ बीरगञ्ज मनि ट्रान्सफर – भानु चोक बीरगञ्ज लगायतका स्थानमा पनि प्याकेज फिर्ता गर्नसक्ने बताइएको छ ।

यी ६ स्थानहरु संगै, थप १८ वटा स्थानहरु अर्को हप्ता भित्र खोलिने कम्पनीले जानकारी दिएको छ । यसैगरि, ग्राहकहरुले दराज एप मार्फत सामान फिर्ता गर्ने क्रममा दुई विकल्पहरुको चयन गर्न पाउने बताइएको छ । पहिलो विकल्प भने ग्राहकहरुले दराजको डेक्स राईडरलाई बोलाई आफ्नो सामान फिर्ता दिएर पठाउन सक्ने र दोस्रो विकल्प इच्छुक ग्राहकहरु आफै ड्रप अफ पोईण्टमा गई सामान छोड्न सक्नेछन् ।

You might also like

Comments are closed.