काठमाडौं । सरकारले भोलि सोमबारदेखि सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा ल्याउने भएको छ । दशैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा सहुलियत पसल सञ्चालन गर्ने भएका हुन् ।
यस सहुलियत पसलमार्फत उपभोक्ताले दैनिक उपभोग्य वस्तुहरू सहुलियत मूल्यमा खरिद गर्न सक्नेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार भोलिदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा आउने तयारी पूरा भएको छ ।
यद्यपि, चाडपर्वका लागि खसीबोका र च्याङ्ग्राको बिक्री वितरण भने अनिश्चित रहेको आचार्यले जानकारी दिएका छन् ।



Comments are closed.