नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ सह-कोषाध्यक्षमा डीबी

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको सह-कोषाध्यक्षमा दानबहादुर बोगटी (डी.बी.) निर्वाचित भएका छन् ।

बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको सह-कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति बोगटीले आभार व्यक्त गरेका छन् । उनी यस अगाडि कार्यसमिति सदस्य भएर काम गरेका थिए ।

उमाकान्त शर्माको अध्यक्षतामा महासंघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

You might also like

Comments are closed.