संसद पुनःस्थापना गर, हैनभने ओलीलाइ चुनाब गराउन बाध्य पार !

डिबी भुजेल

लाग्छ नेपालको राज नेताको यो डेढ वर्षको राजनीति केटाकेटीले भाडाकुटी खेले जस्तो । जब नेपालमा कोरोनाको लक्षण देखियो त्यसलाई हाम्रा प्रधानमन्त्रीले हासोमा उडाए । इम्युनिटी पावर भएका हामी नेपालीलाई लाग्दैन, लागे पनि कागती बेसार पानी खाएर कोरोना भाग्छ भनी फेहरिस्त दिन थाले । प्रतिपक्षी पनि राम्रो गाइडनेस दिनुको सट्टा ओलीलाई नै सराप्न मस्त भयो । कोरोना रोकथाममा भन्दा उक्त समय प्रधानमन्त्री को हुने भन्ने विवाद शुरु भयो । सरकार २ वर्ष पुग्दा नपुग्दै भागबन्डा जो राजनीति चल्यो ।

नेकपाको उक्त भागबन्डाको राजनीतिले बहुमतको सरकार धर्मरायो । र प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने सिफारिसमा राष्ट्रपतिले हस्ताक्षर गरिन्, सांसद विघटन भयो ।

संसद विघटन अवैधानिक र प्रतिगमन हो भनी प्रतिपक्षी, माधव नेपाल समूह सडक र सदनमा कोकोहोलो मच्चाउन पुगे यता सर्वोच्चमा संसद पुनःस्थापनको लागि रिट पर्यो फलस्वरूप संसद पुनस्थापना गर्यो । दिपावली मनाए प्रतिपक्षी र माधब समूहले । ओली सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरि राजीनामा दिन नमानेका ओलीलाई बहिर्गमन गर्न सबै दल कम्मर कसे । पार्टीहरुको ढुल्मुले बोलीले सार्थक रुप लिन करीब ४ महिना लाग्यो त्यही पनि अविश्वास प्रस्ताव दर्ता गर्न सकेनन् उता ओली सक्छौं अविश्वास प्रस्ताब ल्याउ मलाइ हटाउ बिस्वासको मत चाहिदैन लैजाउ भन्न थाले । अविश्वासको मत नआएपछि वैशाख २७ गते ओलीले सदनबाट विश्वासको मत लिने घोषणा गरे । तद्नुसार उक्त दिन ओलीको समर्थनमा विश्वासको मत अपुग भयो भने अविश्वासको मतमा १२४ मात्र पुग्यो ।

सरकारले विश्वासको मत गुमायो । त्यसपछि बहुमतको सरकार गठनको लागि रास्ट्रपतिबाट आह्वान भयो तर समय सीमाभित्र बहुमत पुर्याउन नसकेपछि ठूलो पार्टीको हिसाबले ओली फेरि प्र म नियुक्त हुनपुगे ।

पुनः नियुक्त भएको एक महिना भित्र विश्वासको मत लिन पर्ने प्र म संसद गठजोडमा लागे । अनि प्रतिपक्षीले बहुमत पुर्याउन सक्दैन मेरा पक्षमा ठाकुर र राजेन्द्र पक्ष राजपा छ भन्ने अनुमान भयो । आफ्ना माधव केही सोझिएको आभासले अरुले सरकार गठन गर्न सक्दैनन् भन्ने आकलनले मार्ग प्रशस्त गर्न राष्ट्रिय सरकार वा बहुमतको सरकारको लागि जोड दिए । आफ्नो बहुमत नपुग्ने र आफ्नै पार्टीमा असहयोग हुने फेहरिस्त पत्रकार सम्मेलन मार्फत गराइ बहुमतीय सरकार गठनको लागि राष्ट्रपति समक्ष पत्राचार गरियो । जसअनुसार जेठ ६ गते बुझाइएको उक्त पत्र अनुसार राष्ट्रपतिले बहुमत पुर्याउन आह्वान गर्दै २४ घन्टाको समय सीमा तोकिन् ।

जेठ ७ गते धेरै रस्साकस्सीका बिच देउवाको समर्थनमा १४९ को हस्ताक्षर बुझाइयो । उतातिर प्रधानमन्त्री ओलीले पनि आफ्नो पक्षमा १५३ सांसद भएको फेहरिस्त राष्ट्रपति सामु बुझाए । हिजो ४ बजेको यो तिडक मिडक हस्ताक्षर केही हस्ताक्षर कर्ताको हस्ताक्षर किर्ते हो भनी दुबै पक्षबाट दाबी आउन थाल्यो । उक्त किर्ते हस्ताक्षरको बहाना बनाइ राष्ट्रपतिले दुबै पक्षको बहुमत दाबी अस्वीकृत गरि मध्यरातमा मध्यावधी चुनाबको घोषणा मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्न पुगिन् । सत्ताको लुछाचुडी केही समय मत्थर भएनी चुनाब घोषणा भएको लगत्तै ५ दलले यो कार्य असंबैधानिक र प्रतीगमन भनी यसको विरुद्ध कानुनी नैतीक उपाय खोज्ने बताएका छन् ।

यी त भए एक हप्ता भित्र भएका राजनीति खिचातानी । प्रमको दोस्रो कदम प्रमबाट राजीनामा नदिएर बहुमतको सरकार आह्वान गर्नु असंबैधानिक भनी उजुरी गर्नु फेरि त्यही कार्यमा आफू अगाडि बढ्नु अनि उजुरी लिन नमान्नु यी सबै प्रवृत्ति ताकपरे तिवारी नत्र गोतामे र संविधान नेताका रबरस्टेम्प अनि जनताको लागि बालुवाका घर बनाए जस्तो भएन र मनुवा हो ।

स्वस्थ मन स्वस्थ बिचारले सोचौं । यदि बहुमतको सरकारलाई प्रचण्ड, माधबले साथ दिएर भित्रैबाट आफ्ना भागबन्डा मिलाएको भए यो अबस्था आउदैनथ्यो । ओलीले पनि उक्त समयमा केही असन्तुष्टी एड्रेस गर्न सक्नुप¥थ्यो ।

सरकारको तर्फबाट उक्त अबधिमा कोरोना नियन्त्रणको लागि ध्यान दिई तत अनुसारको काम बोडर सिल गर्ने कोभिड अस्पताल स्वास्थ्य सामग्रीको जोहो अनि जनतालाई ढाडस हुने जनचेतना मुलक कामगरि सान्त्वना दिन सककोे भए जनता असन्तुष्ट भै सरकारलाई सराप्दैनथे ।

हुन त प्रतिपक्षी पनि जनताप्रति उत्तरदायी हुनुपर्ने हो । तर, उ पनि काग कुहिरोमा हराए झै हराएको छ । प्र म ओली र राष्ट्रपति अनि तिनका साइबर सेनालाई सराप्दै ३ जना दौडमा तेस्रो मै हुने हुम भनी मक्ख छ कांग्रेस ।
अब बिचार गरौं

१. प्रतिगमन सच्चिएर संसद पुनःस्थापन भएपछि किन सरकार विरुद्ध अविश्वास तु ल्याउन सकिएन, कांग्रेस किन निदायो ?

२. कोभिड नियन्त्रणमा सहयोग त कता सरकार र जनतालाई सुझाव दिननि सकिएन ।

३. फेरि असंबैधानिक र प्रतिगमनकारी ओली पुनः प्र म बने । अर्को बिषय ओली एक्लै दौडन्छन् भने राष्ट्रिय सरकार वा चुनाबी सरकार गठन गरौं किन भनिएन ।

सरकार बिना नि यो माहामारीमा धेरै जनताको लागि गर्न सकिन्थ्यो पार्टीका त्यत्रा लाखौं कार्यकर्ता केका लागि स्वास्थ्य सामग्री जोहो गर्न त सकिन्थ्यो होलानी अनि जनचेतना फैलाउन यो काममा सबै चुकेका हुन अब त्यस्तो नहोस शुभकामना ।

राजनीतिमा इमानदारिता हुनुपर्छ भन्ने अनि दिन बित्न नपाउँदै आफ्नो बोली व्यबहार फेर्दै जाने माघ २७ गते अगाडि नै माधव समूहले राजीनामा गर्नुपर्ने राजपालाई आफ्नो अनुकुल ल्याउनुपर्ने होइन र किन चुक्यो विपक्ष ?

यदि समयमा नै विश्वास गराउन सकेको भए ओली इतरको सरकार बन्थ्यो त अहिले सामाजिक सन्जालमा कोकोहोलो मच्चाउनु भनेको तातो पानी नभए चिसै …भन्ने भएनर । जनताले नि जानकारी राख्लान् नि

संसद दोस्रो पटक बिघटन भए लगत्तै फेरी ५ दलको कोकोहोलो अत्यास लाग्दो भएको छ । सक्छौं अदालतमा मुद्दा हालेर अन्तरिम आदेश माग अनि संसद फेरी ब्युताउ । हैन भने पार्टीहरु हो ओली इतर मोर्चा कस अनि चुनावमा ओली बडार । अनि तल उल्लेखित कुरा कार्यान्वयन गर ।

ओली इतर चुनाबी र माहामारी मोर्चा बनाउ । सक्छौं पार्टी एकीकृत गर अनि मिलेर चुनाब लड ओलीलाई पछार । माहामारी हेल्प टास्क फोर्स गठन गर । कोरोना नियन्त्रणको लागि आफ्ना कार्यकर्ता परिचालन गर । स्वास्थ्य सामग्री डाक्टर, काउन्सिलर जनचेतनाको लागि सक्छौं छाँया सरकार बनाउ । खोप कोभिड अस्पताल आदिको लागि सम्वन्धित निकायमा लबिङ गर ।

अन्त्यमा, महामारीमा जनता बचाउने सहयोग गर्दै प्रम र राष्ट्रपतिले संविधान मिचेकै हुन भने सक्छौं सर्वोच्च धाउ सक्दैनौं ओली इतर मिली चुनाब गराउन ओलीलाइ बाध्य बनाउ । सबै मिली आगामी चुनाबमा ओली हटाउ हैन भने ओली हाइ हाइ ।

You might also like

Comments are closed.