काठमाडौं । डेरी उद्योगी दीपप्रसाद धमला सम्मानित भएका छन् । राष्ट्रिय नागरिक विकास समाजले गुरु पूर्णिमाको अवसरमा उनलाई सम्मान गरेको हो ।
ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रालिका प्रवन्ध निर्देशक धमला नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष हुन् । संस्थाले धमलालाई ‘सफल कृषि व्यक्तित्व सम्मान २०८२’ बाट सम्मानित गरेको हो ।
प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उक्त अवसरमा धमलालाई सम्मान गरे ।
डेरी क्षेत्रमा लामो समयको योगदानको कदर गर्दै धमलालाई सम्मान गरिएको संस्थाले जनाएको छ । सम्मानका लागि आभार व्यक्त गर्दै धमलालाई डेरी क्षेत्रमा थप सक्रियताका साथ काम गर्न सकारात्मक प्रेरणा मिलेको बताए ।
Comments are closed.