ललितपुर । मोही अभियानका कारण दुग्ध क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको नेपाल डेरी एसोसिएसन नुवाकोट जिल्ला अध्यक्ष दीपक ढुंगानाले बताएका छन् ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको सातौं साधारणसभाको अवसरमा बोल्दै उनले मोही अभियानले स्वदेशी पेय पदार्थको प्रवर्द्धन भएको र दूधको खपत बढाउन पनि योगदान गरेको उनले बताए । मोही अभियानमा नेपाल डेरी एसोसिएसन र एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको भूमिका पनि प्रशंसनीय रहेको उनले बताए ।
उक्त अवसरमा बोल्दै उनले मानिसको जन्मदेखि मृत्युसम्म दूधको प्रयोग हुने भएकाले दुग्ध व्यवसायको भविष्य राम्रो रहेको भनाइ राखे । ‘मानव स्वास्थ्यका लागि पनि दूधको महत्वपूर्ण भूमिका रहँदै आएको छ’ उनले भने ।
किसानबाट उत्पादित दूधलाई बिहान र बेलुका दुवै समय संकलन गरी बजारमा पुर्याउनसमेत डेरी व्यवसायीहरुलाई उनले सुझाव दिए ।




Comments are closed.