‘नयाँ प्रविधिहरु हेर्न इन्फोटेक आउनुहोस्’ (अन्तर्वार्ता)

दीपकराज गिरी
संयोजक, आइटी व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप
११औं क्यान इन्फोटेक

क्यान महासंघ कास्कीको आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ११औं संस्करणको क्यान इन्फोटेक भइरहेको छ । फागुन ११ गते सुरु इन्फोटेक १५ गते बिहीबारसम्म चल्नेछ । जारी इन्फोटेकका सन्र्दभमा आइटी व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप संयोजक दीपकराज गिरीसँग आर्थिक आवाजले गरेको कुराकानीः

पोखरामा जारी क्यान इन्फोटेकका विशेषताहरु के–के छन् ?
क्यान महासंघ कास्कीको यो ११ संकरणको प्रभु पे क्यान इन्फोटेकका विशेषताहरु भनेको नविनत प्रविधिका बारेमा यस गण्डकी प्रदेशका सम्पूर्ण नागरिकहरुलाई सचेतना दिलाउनु तथा जानकारी उपलब्ध गराउने, यस क्षेत्रमा अवस्थित आइ टि कलेजहरुका विद्यार्थीहरुका आविस्कारको प्रदर्शन र यहाँका विद्यालयहरुको बिचमा आइसिटी टक, हाजिरीजवाफ प्रतियोगिता, रोबोट प्रतियोगिता र टाइपिङ प्रतियोगिताहरु मुख्य बिशेसताहरु हुन् ।

सूचना तथा प्रविधिलाई कसरी प्रदर्शनी गरिएको छ ?
क्यान कास्कीले पोखरामा वर्षेनी क्यान इन्फोटेक आयोजना गर्दै आइरहेको छ । प्रत्येक इन्फोटकमा सूचना तथा प्रविधिसँग सम्बन्धी नवीनतम प्रविधिलाई प्रदर्शनीमा राखिन्छ । करिब एक सय वटा स्टलमा हामीले यस पटक पनि सूचना तथा प्रविधिसँग सम्बन्धी बस्तु तथा सेवालाई बिक्रीवितरण तथा प्रदर्शनीमा राखिएको छ ।

jutta mela

इन्फोटेकको उद्घाटनमा प्रविधिको प्रयोग कसरी गरियो ?
यसपाली हामीले उद्घाटनमा बृहत रुपमा प्रविधिको प्रयोग गरेर उद्घाटन गरियो । जसमा ई.अ.स पश्चिमाञ्चल क्याम्पसका विद्यार्थीहले बनाएको रेडियो वेव ट्रान्समिसनको प्रयोगबाट पर्दा खोल्ने प्रविधि तथा ड्रोनबाट फूल खसाल्ने र यसै क्षेत्रका युवाद्वारा निर्मित रिमोटबाट रिवन काट्ने प्रविधिको प्रयोग गरी उद्घाटन गरियो

इन्फोटेक अवलोकन गर्न किन आउने ?
बजारमा केकस्ता नयाँ प्रविधिहरु भित्रिएका छन्, त्यसको अवलोकन गर्न यस क्षेत्रका विद्यार्थीहरुले निर्माण गरेका प्रविधिहरुको अवलोकन तथा उनीहरुलाई हौसाला प्रदान गर्न इन्फोटेकमा आउनुपर्छ ।

लक्षित दर्शक को–को हुन् ?
हाम्रा लक्षित दर्शकहरु भनेका विशेषत आइटी क्षेत्रलाई आफ्नो पेशा बनाएका व्यक्तिहरु, आइटी कलेजमा प्राध्यापन गर्ने शिक्षकहरु, विद्यार्थीहरु, सरकारी अफिसमा कार्यरत आइटीसँग सम्वन्धित व्यक्तिहरु, आइटी व्यवसायीहरु र आइटीमा चासो राख्ने सबै व्यक्तिहरु हाम्रा लक्षित दर्शकहरु हुन् ।

You might also like

Comments are closed.