नेपाली उत्पादनको प्रवर्द्धन मुख्य प्राथमिकता

दीपक श्रेष्ठ, उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले यस पटक आठौं संस्करणको चेम्बर एक्स्पो आयोजना गर्दैछ । नेपाली उत्पादनलाई प्रवद्र्वन गर्नु नै एक्स्पोको मुख्य उद्देश्य हो । विदेशमा रहेका विभिन्न उत्पादन पनि नेपाल आइरहेका छन् । विशेष गरी हामीले नेपाली उत्पादनलाई नै प्राथमिकतामा राख्छौं । नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्य हामीले लिएका छौं । नेपाली उत्पादकले सकेसम्म स्वदेशमा नै आफ्नो उत्पादनको बजारीकरण गर्न सुबिधा प्राप्त गर्छ र त्यस्तो वातावरण बनाउन एक्स्पोले सकारात्मक भूमिका निर्वाह होस् भनेर हामी लागिरहेका छौं ।

उपभोक्तालाई सकेसम्म नेपाली उत्पादन नै प्रयोग गर्न हामीले सचेत गराउनुपर्छ । नेपाली उत्पादनबारे जानकारी गराउन पनि एक्स्पो सफल हुनेछ भन्ने हाम्रो विश्वास छ । एक्स्पोमा उपभोक्ता र उत्पादक एकै ठाउँमा जोडिने अवसर मिल्नेछ । उत्पादक र उपभोक्ता आमनेसामने हुँदा उत्पादककर्तामा उत्साह थपिनेछ भन्ने हाम्रो बुझाई छ र उपभोक्ताले पनि उत्पादनबारे थप जानकारी लिन सक्नेछन् ।

नेपाल सरकारले पनि नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकतामा राख्दै आइरहेको छ । नेपालीले पनि सकेसम्म नेपाली उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने मान्यता र अभियानमा पनि एक्स्पोले टेवा पु¥याउनेछ ।

आम उपभोक्तासँगै राजनीतिकर्मी, कर्मचारीतन्त्र एवं नीति निर्माणकर्ताले पनि नेपालमा उत्पादन भएका सामग्रीको बारेमा देख्न, बुझ्न र थप जानकारी लिन सक्नेछन् । त्यसकारण यहाँ हुन गइरहेको एक्स्पोले नेपाली उत्पादनकर्तालाई प्रोत्साहन र उपभोक्तालाई नेपाली उत्पादनबारे धेरै कुराको जानकारी दिने, बुझ्ने राम्रो अवसर सिर्जना गर्नेछ ।

नेपाली उत्पादनको प्रवद्र्धनका लागि चेम्बर एक्स्पो महत्वपूर्ण मञ्च सावित हुनेछ भन्नेमा हामी विश्वस्त छौं । अन्तर्राष्ट्रिय बजार र अन्तर्राष्ट्रिय प्रडक्टलाई पनि सहयोग पुग्नेछ । सबैभन्दा महत्वपूर्ण कुरा यस पटक सूचना तथा प्रविधिलाई एक्स्पोमा विशेष प्राथमिकता दिइएको छ । प्रविधिका क्षेत्रमा भएका नविनतम आयामहरु बुझ्न र बुझाउन एक्स्पोले योगदान गर्नेछ ।

You might also like

Comments are closed.