अपराध महाशाखा प्रमुख थापालाई मञ्जुश्री असहाय केन्द्रको बधाई तथा भेटघाट

काठमाडौं । नेपाल प्रहरी अपराध महाशाखा काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापालाई मञ्जुश्री असहाय संरक्षण केन्द्र काठमाडौं शाखाको टोलीले बधाई ज्ञापन तथा सम्मान गरेको छ । संंविधान दिवसको अवसरमा राष्ट्रपतिले थापालाई प्रबल जनसेवा पदकबाट विभूषण गर्ने घोषणा गरेकी थिइन् ।

संस्थाका वरिष्ठ सल्लाहकार रज्जु तण्डुकार, अध्यक्ष मीना बस्नेत, उपाध्यक्ष मञ्जु श्रेष्ठ, सचिव कमला अधिकारी, सल्लाहकार शिवदेव पाण्डेले एसएसपी थापालाई स्वागत गर्दै बधाई ज्ञापन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै महाशाखा प्रमुख थापाले अपराध नियन्त्रणमा सामाजिक संस्थासंस्था तथा आम सर्वसाधरणको सहयोग अपरिहार्य रहने बताए ।

You might also like

Comments are closed.