लोकप्रिय विद्युतीय गाडी दिपलको ब्रान्ड एम्बेसेडर बने पारस

दिपलबारे पारस खड्का भन्छन्, ‘यति धेरै फिचरहरु भएको इभी, यति कम मूल्यमा, यो सेग्मेन्टमै छैन’

काठमाडौं । चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्व कप्तान पारस खड्कालाई दिपल इभीको आधिकारिक ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ । काठमाडौंको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएसनका सचिव समेत रहेका खड्कालाई दिपल इभीको ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको हो ।

कार्यक्रममा क्रिकेटर पारस खड्काले दिपल इभीसँग आबद्ध हुन पाउँदा हर्षित भएको बताए । ‘यति धेरै फिचरले भरिएको इभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’ उनले भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत् इभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दिपलसँग आबद्ध हुन पाउँदा खुसी छु ।’

jutta mela

पारसलाई दिपल एस०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल इभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए ।

केही महिनाअघि सार्वजनिक भएको दिपल एस०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ । नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सयभन्दा बढी युनिट एस०७ डेलिभर गरिसकेको छ । यो फ्यचरिस्टिक इभीमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टेलिजेन्ट ड्राइभिंग मोड लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरले भरिएको दिपलले नेपाली इभी बजारमा नयाँ मापदण्ड स्थापना गर्न सफल छ ।

You might also like

Comments are closed.