काठमाडौं । नेपाली इभीप्रेमीहरुका लागि प्रिमियम इभीको पहुँचलाई अझ धेरै सहज बनाउन नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आकर्षक न्युनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको छ । ‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको यो स्किमले स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड दिपल इभी खरिद गर्ने प्रक्रियालाई निकै सहज बनाउने छ ।
स्किमअन्तर्गत अब दिपलका इभीहरु मात्र २० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ । दिपलको प्रिमियम इभीहरु एल०७ लाई मात्र १३ लाख ९९ हजार रुपैयाँ, एस०७ १४ लाख ९९ हजार रुपैयाँ र एस०७एल मात्र १६ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्ट गरी आफ्नो बनाउन सकिनेछ ।
यसका अलावा, ग्राहकले फ्लटिंग बेसिसमा ८.९९ प्रतिशत ब्याजदर मा सात वर्षको सवारी कर्जाको उपभोग गर्न पाउनुहुनेछ । ग्राहकले फ्युचरिक दिपललाई आफ्नो बनाउन आफ्नो फाइनान्सिंग पार्टनर एमएडब्लु हायर एन्ड पर्चेजमार्फत मात्र दुई दिनमा सवारीकर्जा पास गर्न व्यवस्था एमएडब्लु वृद्धिले गरेको छ । यो स्किम काठमाडौं नक्सालस्थित मुख्य सोरुम लगायत देशभरका डिलरहरुमा समेत लागू हुन्छ ।
यो स्किमलाई अझै आकर्षक बनाउन एमएडब्लु वृद्धिले ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर, अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र अन्य एसेसोरिजहरु गरी दुई लाख रुपैयाँसम्मको थप सुविधाको पनि व्यवस्था गरेको छ । चैत ८ गतेदेखि शुरु भएको अफर १५ दिनका लागि लागू हुनेछ ।
आफ्नो कटिंग एड्ज डिजाइन, फ्युचरिस्टिक टेक्नोलोजी र अतुलानीय ड्राइभिंग एक्सपिरियन्सका कारण नेपालमा सार्वजनिक भएको छोटो समयमै दिपलले आफूलाई स्टाइल र स्टेटस सिम्बोलका रुपमा स्थापित गर्न सफल भएको छ । हालसम्म नेपालमा आठ सयभन्दा बढी दिपल इभी डेलिभरी भइसकेका छन् । यसको डिजाइन र टेक्नोलोजीबाट ग्राहक निकै सन्तुष्ट छन् ।
Comments are closed.