चाङान अटोमोबाइल अन्तर्गतको नयाँ ऊर्जा सवारी साधन (NEV) ब्रान्ड डिपलले विश्वव्यापी रूपमा ५ लाख युनिट सवारीसाधन डेलिभरी गरेर ठूलो सफलता हासिल गरेको छ।
केवल मे महिनामै डिपलले २५,५२१ इलेक्ट्रिक सवारी बिक्री गरेको छ, जुन गत वर्षको मे महिनाको तुलनामा ७८ प्रतिशतले वृद्धि भएको हो भने गत अप्रिलको तुलनामा २७ प्रतिशतको वृद्धि देखिएको छ।
हाल डिपल ब्रान्ड अन्तर्गत छ वटा मोडेलहरू विक्रीमा छन्: SL03, S07, G318, L07, S05, र S09 यीमध्ये डिपल A09 मे २२ मा औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।
डिपलको सबैभन्दा ठूलो ६ सिट भएको SUV, S09, पाँच भेरियन्टमा उपलब्ध छ। यो मोडेलमा पहिलोपटक HarmonySpace 5 स्मार्ट ककपिट सिस्टम जडान गरिएको छ, जसमा २१.४ इञ्चको ३K छतमा जडान गरिएको रियर इन्टरटेन्मेन्ट स्क्रिन छ, जुन ० देखि ७५ डिग्रीसम्म झुकाउन सकिन्छ।
यसमा डायनामिक प्यानोरामिक साउन्ड, बच्चाहरूका लागि विशेष सहायक प्रणाली, कस्टमाइज गर्न मिल्ने सीन ब्लकहरू, र स्पेसियल म्याजिक क्युब फङ्सन पनि समावेश गरिएको छ। साथै, यसमा हुवावेको QianKun Intelligent ADS 3.3 ड्राइभिङ सहायक प्रणाली पनि जडान गरिएको छ। कम्पनीले यो प्रणालीलाई ADS 4 मा अपग्रेड गर्ने योजना बनाएको छ, जुन यसै वर्षको अन्त्यसम्म कार्यान्वयन गरिनेछ।
नयाँ ADS 4 प्रणालीले WEDA आर्किटेक्चरमा आधारित भएर एन्ड-टु-एन्ड लेटेन्सी ५०% ले घटाउने, यातायात दक्षता २०% ले बढाउने, र अचानक ब्रेक लगाउने अवस्थाहरू ३०% ले घटाउने बताइएको छ।
डिपलले आगामी वर्ष चीनमा ३०० वटा नयाँ अनुभव केन्द्रहरू (experience centers) खोल्ने योजना सार्वजनिक गरेको छ। अहिले डिपलले दक्षिणपूर्वी एसिया र मध्यपूर्वी बजारमा प्रवेश गरिसकेको छ भने यस वर्ष युरोपेली बजारमा पनि प्रवेश गरेको छ।
गत मे महिनामा आयोजित डिपल ब्रान्ड नाइट कार्यक्रममा CEO डेङ चेङहाओले “Smart Lead 2030” नामक विश्वव्यापी रणनीति सार्वजनिक गरेका थिए। सो रणनीतिअनुसार सन् २०३० सम्ममा २० लाख सवारी बिक्री गर्ने लक्ष्य राखिएको छ। यस योजनाअन्तर्गत ३० वटा नयाँ मोडेलहरू सार्वजनिक गरिनेछ।
Comments are closed.