चितवन । चितवनमा चाङ्गान अटोमोबाइलको नयाँ प्रिमियम इलेक्ट्रिक एसयुभी ‘नेभो क्यु०५’ आगामी साता सार्वजनिक हुने भएको छ । नेपालका लागि अधिकृत बिक्रेता एमएडब्ल्यु वृद्धि अटोकर्पअन्तर्गतको स्थानीय डिलर राजहंस अटोमोबाइल्स प्रा.लि.ले चितवन बजारका लागि यो गाडी ल्याउन लागेको हो । औपचारिक बिक्री सुरु हुनुअघि भदौ २९ देखि ३१ गतेसम्म भरतपुर–१० स्थित दिपाल चितवन शोरुममा ग्राहकका लागि विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
मूल्य, ब्याट्री र पर्फोर्मेन्स
नेभो क्यु०५ अल्ट्रा भेरियन्टको सुरुआती विशेष मूल्य रु. ५१ लाख ९९ हजार निर्धारण गरिएको छ । यो गाडीमा ५१.९ किलोवाट आवर क्षमताको सीएटिएल गोल्डेन सिल्ड २.० लिथियम–आयरन–फस्फेट ब्याट्री छ । थ्री–सी फास्ट चार्जिङ प्रविधिले गर्दा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन केवल १५ मिनेट मात्र लाग्छ । यसले अधिकतम १६२ किलोवाट डिसी चार्जिङ सपोर्ट गर्छ ।
१२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरयुक्त यस गाडीले एनइडीसी परीक्षण अनुसार ४६२ किलोमिटरसम्मको रेन्ज दिन्छ । यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर मात्र छ ।
डिजाइन र आन्तरिक स्पेस
फोक्सवागन ग्रुपका पूर्व डिजाइन प्रमुख क्लाउस जिक्योराको नेतृत्वमा ३१ देशका ९१५ जना विज्ञहरूले यसको एरोडाइनामिक डिजाइन तयार पारेका हुन् । यस डिजाइनले ‘गोल्डेन ए’ डिजाइन अवार्ड’ समेत जितेको छ । २,७३५ मिलिमिटर ह्वीलबेसका कारण गाडीभित्र पर्याप्त स्पेस उपलब्ध छ । पछाडिका सिटहरू आवश्यकता अनुसार ढल्काउन सकिन्छ भने ५४० लिटरको ठूलो बुट स्पेस दिइएको छ ।
अन्तर्राष्ट्रिय सफलता र कम्पनी पृष्ठभूमि
चाङ्गान नेभो क्यु०५ ले चीनमा आफ्नो सेग्मेन्टमा लगातार पाँच महिनासम्म नम्बर १ एसयुभीको स्थान बनाएको छ । अगस्ट २०२६ को अन्त्यसम्ममा यसको विश्वव्यापी बिक्री १ लाख २५ हजार युनिट नाघिसकेको छ ।

नेपालमा एमएडब्ल्यु वृद्धिले चाङ्गानका दिपाल, नेभो र अभातार ब्रान्ड बिक्री–वितरण गर्दै आएको छ । चितवनमा दिलीप थनेतको नेतृत्वमा सन् २०८१ मा स्थापित राजहंस अटोमोबाइल्सले दीपलको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ ।



Comments are closed.