काठमाडौं । एमएडब्ल्यू वृद्धिले चांगानको प्रिमियम सब–ब्रान्ड नेभोअन्तर्गतको विद्युतीय एसयूभी दीपल नेभो क्यू०५ नेपाली बजारमा गत साता मात्रै सार्वजनिक गर्यो । जुन गाडीलाई जारी नाडा अटो शोमा समेत प्रदर्शन गरिएको छ । जहाँ यो गाडीले ईभी पारखीहरूलाई आकर्षित गर्न सफल भएको छ ।
नाडा अटो शोमा दीपल नेभो क्यू०५ अवलोकन गर्ने ग्राहकको उत्साह बढेको र बुकिङसमेत उत्साहजनक भइरहेको कम्पनीले जनाएको छ । प्रिमियम डिजाइन, आकर्षक फिचर र लामो रेन्जका कारण यो नयाँ विद्युतीय एसयूभीप्रति ग्राहकको चासो बढेको कम्पनीले जनाएको छ ।
दीपल नेभो क्यू०५ दुई भेरियन्टमा उपलब्ध छ । यसको म्याक्स भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
गाडीमा ५२ किलोवाट आवरको ब्याट्री र १२० किलोवाटको मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसले एक पटकको चार्जमा करिब ४०५ देखि ४६२ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।

दीपल नेभो क्यू०५ मा कम्पनीले ११ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ । यसको डिजाइनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नुका साथै गोल्डेन ए डिजाइन अवार्ड समेत जितिसकेको कम्पनीले जनाएको छ ।
नाडा अटो शोमा प्रदर्शनसँगै बुकिङमा देखिएको उत्साहले नेपाली बजारमा प्रिमियम विद्युतीय एसयूभी सेग्मेन्टमा दीपल नेभो क्यू०५ ले बलियो उपस्थिति बनाउने संकेत गरेको छ ।






Comments are closed.