काठमाडौं । डेल्टा अटोकर्प प्रालि, नेपालमा भेस्पा र अप्रिलियाको आधिकारिक वितरकले दसैंको अवसरमा ‘दसैंको दक्षिणा’ नामक विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत भेस्पा तथा अप्रिलियाका स्कुटर खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक खरिद लाभ प्राप्त गर्नेछन्।
योजनाअन्तर्गत भेस्पा वा अप्रिलियाको स्कुटर खरिद गर्ने हरेक ग्राहकले अनर एक्स५ प्ले स्मार्टवाच प्राप्त गर्नेछन्। साथै, ग्राहकले आफ्नो खरिदको माध्यमअनुसार थप लाभसमेत प्राप्त गर्न सक्नेछन्। नगदमा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद लाभ प्राप्त गर्न सक्नेछन् भने आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गर्ने ग्राहकले २५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बेनिफिट प्राप्त गर्नेछन्। त्यसैगरी, फाइनान्समार्फत स्कुटर खरिद गर्ने ग्राहकका लागि ० प्रतिशत सर्भिस चार्ज को व्यवस्था गरिएको छ।
योजनाबारे जानकारी दिँदै डेल्टा अटोकर्प प्रा।लि।का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले भने, “दसैं हाम्रो संस्कार, परम्परा र आपसी सद्भावसँग जोडिएको विशेष पर्व हो। दशैंमा दक्षिणा दिने परम्परालाई ग्राहकसँगको हाम्रो सम्बन्धसँग जोड्दै ‘दसैंको दक्षिणा’ योजना ल्याएका हौं। यस योजनामार्फत भेस्पा वा अप्रिलिया खरिद गर्ने ग्राहकलाई उनीहरूको खरिदमा थप मूल्य र लाभ प्रदान गर्ने हाम्रो उद्देश्य हो। ग्राहकले नगद, एक्सचेन्ज वा फाइनान्समध्ये आफ्नो आवश्यकता र सुविधाअनुसार विकल्प छनोट गर्न सक्ने गरी योजना तयार गरिएको छ।” ‘दसैंको दक्षिणा’ योजनामा भेस्पा तथा अप्रिलियाका विभिन्न मोडलहरू समावेश छन्। ग्राहकले डेल्टा अटोकर्पको आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध मोडल, योजना तथा लागू हुने लाभबारे विस्तृत जानकारी लिन सक्नेछन्।
दसैंको अवसरमा नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याइएको यस योजनाले नयाँ भेस्पा वा अप्रिलिया खरिद गर्ने ग्राहकलाई आफ्नो आवश्यकता तथा खरिदको माध्यमअनुसार विभिन्न लाभ छनोट गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।
यो योजना दशैंको अवसरमा सीमित अवधिका लागि लागू हुनेछ। योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकको आधिकारिक भेस्पा तथा अप्रिलिया डिलरशिपमा सम्पर्क गर्न सक्नेछन्।




Comments are closed.