डेल्टा अटोकोर्पद्वारा बलाजुमा नयाँ भेस्पा–अप्रिलिया सर्भिस सेन्टर सञ्चालन

काठमाडौं । भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक बिक्रेता डेल्टा अटोकोर्प प्रा. लि. ले काठमाडौंको बलाजुमा आधुनिक सुविधा सम्पन्न नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । भ्याली कोल्ड स्टोरको विपरीत तथा सानिमा बैंक नजिक रहेको यो सर्भिस सेन्टर २०८२ मंसिर १ गतेदेखि औपचारिक रूपमा सेवामा आएको कम्पनीले जनाएको छ ।

नयाँ सर्भिस सेन्टरले राजधानीका ग्राहकहरूलाई बिक्री पछिको सेवामा सहज पहुँच दिलाउने र गुणस्तरीय सेवा अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ । सर्भिस सेन्टरको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोले गरेका हुन् । उनले भेस्पा तथा अप्रिलिया प्रयोगकर्ताको बढ्दो आवश्यकता र सेवाको सहज उपलब्धताका लागि यस विस्तारलाई महत्वपूर्ण उपलब्धि भएको बताए ।

आधुनिक उपकरण, उन्नत मेशिनरी, तथा व्यावसायिक रूपमा प्रशिक्षित प्राविधिकहरूसहित सुसज्जित नयाँ बलाजु सर्भिस सेन्टरले ग्राहकहरूलाई प्रिमियम सर्भिसिङ, नियमित मर्मत, डाएग्नोस्टिक सेवा तथा जेनुइन स्पेयर पार्ट्स उपलब्ध गराउनेछ। कम्पनीका अनुसार यसले सेवा गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टि अझ बढाउनेछ ।

उद्घाटन समारोहमा बोल्दै महतोले भने, “बलाजुस्थित हाम्रो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी अत्यन्त खुसी छौँ । यसले भेस्पा तथा अप्रिलिया ब्रान्डप्रति हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउनुका साथै, ग्राहकहरूलाई नजिकबाट उच्चस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रयासलाई सार्थकता दिएको छ ।”

डेल्टा अटोकोर्पले सबै भेस्पा तथा अप्रिलिया चालकहरूलाई नयाँ बलाजु सर्भिस सेन्टरमा स्वागत गर्दै, आर एस सर्भिस हब प्रा. लि. मार्फत प्रदान गरिने विश्वस्तरीय सेवा अनुभव लिन आमन्त्रण गरेको छ ।

You might also like

Comments are closed.