काठमाडौं । ध्यागमन विभागले आफूलाई उपलब्ध गराएको अनलाइन पोर्टल मार्फत् पदयात्रा अनुमति लिन सेवाग्राही एजेन्सीहरूलाई आग्रह गरेको छ ।
उक्त कार्यको लागि कुनै पनि कर्मचारी तथा बिचौलियालाई विभागमा नपठाउन विभागले शुक्रबार सूचना प्रकाशित गरेको छ ।
विभाग यस्ता क्रियाकलापहरूलाई कडा रूपमा निषेध गर्दै, पारदर्शिता, उत्तरदायित्व र निष्पक्ष सेवाको वातावरण कायम राख्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन सबै सेवाग्राही एजेन्सीहरुले आफूलाई उपलब्ध गराएको अनलाइन पोर्टल मार्फत् पदयात्रा अनुमति लिनुहुन र उक्त कार्यको लागि कुनै पनि कर्मचारी तथा विचौलिया यस विभागमा नपठाउन सूचित गरिएको छ।
एजेन्सीहरूले पदयात्रा अनुमतिको लागि पेश गरेको अनलाइन निवेदन उपर एक कार्यदिन भित्र कारबाही गरिने पनि विभागले स्पष्ट पारेको छ।
यसरी सोही दिन ढिलो गरी दिउँसो ३स्०० बजे भन्दा पछि पेश हुन आएका निवेदनको हकमा अर्को कार्यदिनको सुरुमा क्रमशः ९दिनको १स्०० बजे सम्म० कारबाही गरिनेछ र अनलाइन प्रणालीमा राजस्व भुक्तानी भएका आवेदनहरुका हकमा सोहि समय भित्र सम्वन्धित एजेन्सीको अनलाइन पोर्टलमा पदयात्रा अनुमति उपलब्ध गराइनेछ।
यस प्रक्रियामा कुनै समस्या आइ जानकारी गराउनु परेमा एजेन्सी पोर्टलमा उपलब्ध मोबाइल नम्वरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
Comments are closed.