प्रदेश सभा सदस्यका लागि युवा व्यवसायी केसी सिफारिस

पोखरा । युवा व्यवसायी एवं नेपाली काँग्रेसका युवा नेता देवेन्द्र केसी प्रदेश सभा सदस्यका लागि सिफारिस भएका छन् । कास्कीको क्षेत्र नं. ३ ‘ख’ बाट पार्टीले केसीलाई प्रदेश सभा सदस्यका लागि सिफारिस गरेको हो ।

केसी पार्टीको गण्डकी प्रदेश सदस्य समेत छन् । राजनीतिमा युवाहरुको आकर्षण बढिरहेको अवस्थामा केसी सिफारिसमा पर्नुलाई चासोका रुपमा हेरिएको छ । प्रदेश सभा सदस्यका लागि आफूलाई सिफारिस गर्ने पार्टी कमिटिप्रति केसीले आभार व्यक्त गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघ लगायत अन्य विभिन्न सामाजिक एवं व्यावसायिक क्षेत्रमा केसीको सक्रियता छ । कुटी ग्रुप अन्तर्गत उनले पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आइरहेका छन् ।

कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी लगायतमा उनको लगानी छ ।

केसीले प्रत्यक्ष रुपमा २ सय जनालाई रोजगारी प्रदान गर्न सफल छन् ।

You might also like

Comments are closed.