पोउवा संघको गरिमा उच्च राख्ने काम गर्नेछु : केसी

पोखरा । कुटी रिसोर्ट प्रा.लि. पोखराका सञ्चालक युवा उद्यमी देवेन्द्र केसीले पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा मनोनयन दर्ता गरेका छन् । अध्यक्षका उम्मेदवार नारायण कोइराला प्यानलबाट उनले उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

३२औं महाधिवेशनबाट अध्यक्षमा विजयी दामु अधिकारीले उनलाई कार्यसमिति सदस्यमा मनोनित गरेका थिए । यसपटक उनले खुल्ला सदस्यमा उम्मेदवारी प्रस्तुत गरी उद्योगी व्यवसायीहरुको मत लिएर विजयी हुने चाहना राखेका हुन् ।

निजी क्षेत्रको छाता संस्थामा युवा व्यवसायीहरुको प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यता राख्ने केसीले संघमा रहेर आफूले व्यावसायिक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘पोखरा उद्योग वाणिज्य संघ उद्योगी व्यवसायीहरुको छाता संस्था हो । यसको गरिमा उच्च राख्ने काम हाम्रो हो,’ केसीले भने, ‘संघको कार्यसमितिमा रहेर संघको गरिमा उच्च बनाउन मैले आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नेछु ।’ संघको ३३औं महाधिवेशन यही पुस २४ र २५ गते हुँदैछ ।

You might also like

Comments are closed.