डिएफएसकेको ‘हटेष्ट विन्टर अफर’, १० लाख डाउनपेमेन्टमै ग्लोरी ५६० किन्न सकिने

काठमाडौं । डिएफएसके गाडीको लागि नेपालको आधिकारिक बिक्रेता कुजु नेपाल प्रा.लि.ले ‘हटेष्ट विन्टर अफर’ ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले डिएफएसकेको ग्लोरी ५६० एसयुभी लाई १० लाख रुपैयाँ डाउनपेमेन्टमै खरिद गर्न सक्नेछन् ।

त्यस्तै २ लाख ५० हजार रपैयाँ नगद छुट र ५० हजार रुपैयाँ एक्स्चेन्ज बोनस ग्राहकले प्राप्त गर्न सक्ने प्रा.लि.का निर्देशक उमीद श्रेष्ठले जानकारी दिए । सहज रुपमा फाइनान्स सुविधा प्रदान हुने कम्पनीले जनाएको छ । ग्लोरी ५६० एसयुभी ५ र ७ सिटरमा उपलब्ध छ ।

ग्लोबल एनक्याप क्यार्स टेस्टमा फाइभ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरव्याग र चारै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको छ । गाडीमा आधुनिक इलेक्ट्रिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) ब्रेकिङ सिस्टम दिइएको छ । जसमा एबीएस, ईबीडी तथा ईबीए जस्ता फिचरहरुको सहायताले जस्तोसुकै परिस्थितिमा पनि गाडीलाई रोक्न सकिन्छ ।

jutta mela

ग्लोरी आई-अटोले ७ सिटर इन्टेलिजेन्ट एसयूभीको उपमा पाएको कम्पनीले जनाएको छ । सो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभीहरु भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण छ । डिएफएसकेका एसयूभी लक्जरी र उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित छन् । गाडीमा अलोय ह्विल, एलईडी लाइट, दुई एक्जस्ट पाइप, प्यानोरामिक सनरुफ र रुफ रेल आदि छन् । किलेस इन्ट्री, ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जस्ता फिचर यसमा पाउन सकिन्छ ।

हिल होल्ड कन्ट्रोल, ३६० डिग्री क्यामेरा र रियर पार्किङ सेन्सर आई-अटोमा उपलब्ध छ । यसमा जडान भएको अलार्म सिस्टम तथा इम्मोबिलाइजरले गाडी चोरी हुने समस्या कम गर्छ । ग्लोरी आई-अटोमा स्पोर्टी कन्सोल, भेइकल रनिङ रेकर्ड सिस्टम, क्रुज कन्ट्रोल, अटो एसी क्लाइमेट कन्ट्रोल र ९ इन्चको फ्लोटिङ एचडी इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचरले चालकलाई ड्राइभिङ प्लेजर प्रदान गर्छ ।

सो एसयूभीमा प्रिमियम इन्टेरियर डिजाइनको प्रयोग गरिएको छ । ड्यासबोर्डमा सफ्टटच मेटरियल, उड एक्सेन्टेड मेटरियल र लेदर सिट कभर पाउन सकिन्छ । डिएफएसके ग्लोरी आई-अटोमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन छ, जसले १५० पीएस पावर तथा २२० एनएम टर्क जेनेरेट गर्छ । यो एसयूभी अटोमेटिक गियरबक्समा उपलब्ध छ ।

इन्टेलिजेन्ट एसयूभी ग्लोरी ग्लोरी आई–अटोमा आईटक नामक भ्वाइस कमान्डको प्रयोग गर्न सकिन्छ । यसको सहायताले हाई ग्लोरीमा कमान्ड दिएर गाडीलाई विभिन्न खालको कार्य गराउन सकिन्छ । भ्वाइस कमान्डबाटै फोन कल एक्सेस, मिडिया कमान्ड, कार कन्ट्रोल, भ्वाइस नेभिगेसन, कनेक्टिभिटी आदि सञ्चालन गर्न सकिन्छ । सिधै भ्वाइस कमान्डबाटै फोन गर्न, उठाउन, कल हिस्ट्री आदि हेर्न सकिन्छ ।

मिडिया कमान्डबाट म्युजिक बजाउन, सानो ठूलो बनाउन सकिन्छ । कार कन्ट्रोलबाट भित्रको क्लाइमेट मिलाउने, विन्डो ग्लास र सनरुफ आदि खोल्ने र बन्द गर्ने आदि कार्य गर्न सकिन्छ । भ्वाइस नेभिगेसनबाट जीपीएस, ब्लुटुथ, वाइफाई आदि खोल्न र बन्द गर्न सकिन्छ । यस्ता एक सय भन्दा बढी कमान्ड भ्वाइसमार्फत दिन सकिने कम्पनीको भनाइ छ ।

You might also like

Comments are closed.