डी.जी. लिंकलाई इन्टरनेट सेवा प्रदायकको अनुमति

तनहुँ । तनहुँको शुक्लागण्डकीमा मुख्य कार्यालय रहेको डी.जी. लिंक नेटवर्क प्रा.लि.ले इन्टरनेट सेवा प्रदायकको अनुमति प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार डी.जी. लिंकलाई उक्त अनुमति प्रदान गरेको हो ।

अनुमति प्राप्त भएसँगै प्रा.लि.ले सिघ्र आफ्नो सेवा शुभारम्भ गर्ने अध्यक्ष विपिन वाग्लेले आर्थिक आवाजलाई जानकारी दिए । ‘केही प्राविधिक तयारी बाँकी छन् । एक हप्ताभित्र सम्पूर्ण तयारी पुरा हुन्छ,’ उनले भने, ‘भदौ दोस्रो सातादेखि सेवा प्रारम्भ गर्ने तयारीमा छौं ।’

कास्की पोखरा महानगरपालिकाका केही स्थान, तनहुँको म्याग्दे गाउँपालिकाका केही स्थान, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिका भरि नेटवर्क विस्तारको काम भइरहेको र अन्तिम चरणमा रहेको अपरेसन डिरेक्टर मदन केसीले बताए ।

jutta mela

You might also like

Comments are closed.