धमला डेरीलाई उत्कृष्ट ठूला डेरीको सम्मान

काठमाडौं । धमला डेरी प्रडक्ट्स प्रा.लि. भक्तपुरलाई उत्कृष्ट डेरीको सम्मान प्रदान गरिएको छ । नेपाल डेरी एसोसिएसनको रजत जयन्तीको अवसरमा धमला डेरीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. रेवती रमण पौडेल, विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले धमला डेरीका तर्फबाट दीपप्रसाद धमलालाई सम्मान प्रदान गरेका हुन् ।

ठूला डेरीका तर्फबाट उत्कृष्ट डेरीको सम्मान पाउँदा गौरव महसुस भएको धमलाले बताए ।

विभिन्न सम्मानसहित विविध कार्यक्रम गरी एसोसिएसनले माघ ७ गते आइतबार रजत जयन्ती मनाएको हो ।

You might also like

Comments are closed.

Secret Link