धनगढी– धनगढी उपमहानगरपालिकाले सार्वजनिक शौचालय डिजाइन प्रतियोगिता गराउने भएको छ । उपमहानगरले नेपाल आर्किटेक्ट इन्जिनियर्स एशसिएशनसँगको सहकार्यमा प्रतियोगिता गर्ने भएको हो ।
प्रतियोगितामा पहिलो र दोस्रो हुने नमुनालाई नगद पुरुस्कारको व्यवस्था गरिएको उपमहानगरले जनाएको छ। उपमहानगरपालिकाले प्रस्तावित सार्वजनिक शौचालयको डिजाइन प्रतियोगिताका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनले २१ दिने सूचना निकालेको छ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने शौचालयको नमुनालाई धनगढी उपमहानगरपालिकाले क्रमशः १ लाख ५० हजार र ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । नगरप्रमुख गोपाल हमालले विजेतलाई पुरस्कार दिने तर त्यो नमुनाको प्याटेन्ट राइट धनगढी उपमहानगरको हुने बताए । उनका अनुसार नगर क्षेत्रमा निर्माण गर्ने सार्वजनिक शौचालय पनि त्यहीँ नमुनाअनुसारकै निर्माण गर्ने योजना छ।
Comments are closed.