नाडाको आसन्न निर्वाचनका लागि अध्यक्षका प्रत्यासी ध्रुवबहादुर थापाले प्यानल सार्वजनिक गरेका छन् । बिहीबार एक कार्यक्रमबीच उनले प्यानल सार्वजनिक गरेका हुन् ।
‘अब बनाउनु छ नाडा, सबै अटोमोबाइल व्यवसायीको साझा’ नाराका साथ उनले प्यानल घोषणा गरेका हुन् । उनको प्यानलमा आकाश गोल्छा, निराकर श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी, शुभाशिष थपलिया, यमुना श्रेष्ठ, अमर ज्योती रञ्जित, बि.एन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुषाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सगुन बि.एस् कंसाकार, सञ्जयकुमार खेतान लगायतका व्यवसायी छन् । थापाले आफ्नो प्यानलमा यमुना श्रेष्ठलाई समावेश गरि महिलासहितको समूह निर्माण गरेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार थापाले देशभरका अटोमोबाइल व्यवसायीहरूका समस्या समाधान गरिने बताए । प्रदेशस्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निर्माण पहल गर्ने उनले प्रतिबद्धता गरेका छन् । नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरि सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गरिने उनले बताए । व्यावसायिक हकहितका क्षेत्रमा अग्रमोर्चामा रहेर काम गर्ने उनको प्रतिबद्धता गरेका छन् ।
Comments are closed.