थापा ‘युरोपियन इन्टरनेशनल युनिभर्सिटी’ को ‘प्रोफेसनल डक्टरेट’ (पिएचडी) उपाधिबाट दिक्षीत

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापालाई फ्रान्सको राजधानी पेरिसमा रहेको विश्वकै प्रतिष्ठित विश्वविद्यालय ‘युरोपियन इन्टरनेशनल युनिभर्सिटी’ (इआइयु)ले ‘प्रोफेसनल डक्टरेट’ (पिएचडी)को उपाधि प्रदान गरेको छ ।

शुक्रबार बैंककमा आयोजित दिक्षान्त समासोहमा उनलाई सो उपाधिबाट दिक्षीत गरिएको हो । युनिभर्सिटीले थापालाई ‘ग्लोबल लिडरसिप एण्ड म्यानेजमेन्ट’ विषयमा मानार्थ पिएचडीको उपाधि प्रदान गरेको हो । नाडा अध्यक्ष थापा लायन्सका पूर्व गभर्नरसमेत हुन् ।

एकेडेमिक क्वालिफिकेसन, सामाजिक काम, विभिन्न अवार्ड, व्यक्तित्व लगायत विभिन्न विषयलाई अध्ययन गरी युनिभर्सिटीले थापालाई उक्त उपाधि प्रदान गरेको हो ।

You might also like

Comments are closed.